शंकर साह तीन सातापछि परिवारको सम्पर्कमा

आप्रवासन आप्रवासन

लन्डनमा हराएका २६ वर्षीय नेपाली विद्यार्थी शंकर साह तीन सातापछि परिवारको सम्पर्कमा आएका छन्। उनका दाजु उमेश साहले दिएको जानकारी दिएअनुसार, शंकर मानसिक स्वास्थ्य समस्याबाट पीडित छन् र लन्डनको एक अस्पतालमा उपचार गराइरहेका छन्।

महोत्तरी, जलेश्वर-११ पिगौनाका शंकर लन्डनको बीपीपी युनिभर्सिटीमा म्यानेजमेन्टमा एमएस्सी अध्ययनका लागि शंकर गत सेप्टेम्बर महिनामा मात्रै लन्डन आएका थिए । उनी साथीसँग बस्दै आएका थिए, तर केही समयदेखि सम्पर्कविहीन भएका थिए। परिवारले खोजी कार्य सुरु गरेपछि उनी फेला परेका हुन्।

शंकर फेला परेपछि परिवारले राहत महसुस गरेको छ। उनका दाजु उमेशले शंकरको उपचार जारी रहेको र उनी छिट्टै निको भएर नेपाल फर्किने आशा व्यक्त गरेका छन्।