जोहर बाहुरुमा नेपालीका लागि घुम्ती राहदानी सेवा सञ्चालन

आप्रवासन आप्रवासन

मलेसियास्थित नेपाली राजदूतावास, क्वालालम्पुरले जोहर बाहुरु क्षेत्रमा बसोबास गर्ने नेपाली श्रमिकहरूलाई लक्षित गर्दै राहदानी नविकरण, वितरण तथा अन्य कन्सुलर सेवा प्रदान गर्ने उद्देश्यले विशेष घुम्ती सेवा सञ्चालन गर्ने भएको छ।

उक्त सेवा आगामी २०८३ बैशाख ५ र ६ गते (१८ र १९ अप्रिल २०२६) सञ्चालन हुनेछ। यसबाट विशेषगरी जोहर बाहुरु आसपास रहेका नेपालीहरूले क्वालालम्पुर धाउनुपर्ने झन्झटबाट राहत पाउनेछन्।

दूतावासका अनुसार राहदानी नविकरण गर्न चाहने सेवाग्राहीहरूले अनिवार्य रूपमा अनलाइन आवेदन फारम भर्नुपर्नेछ। आवेदनका लागि:
https://emrtds.nepalpassport.gov.np/

साथै, आफ्नो विवरण यस गुगल फारममार्फत दर्ता गर्नुपर्नेछ:
https://forms.gle/H3W8rwVXjCPjEiut9

राहदानी संकलन गर्न चाहनेहरूले पहिले आफ्नो राहदानी तयार भए/नभएको यहाँबाट जाँच गर्नुपर्नेछ:
https://my.nepalembassy.gov.np/

यदि अनलाइन फारम भर्न समस्या भएमा, सेवाग्राहीहरूले आफ्नो पुरानो राहदानी नम्बर र पूरा नाम 'Whatapp' मार्फत पठाएर पनि दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।

📞 सम्पर्क नम्बर:

  • +60 12 417 5392
  • +60 10 236 5887

यो घुम्ती सेवा विशेषगरी श्रमिकहरूको सुविधा र पहुँचलाई ध्यानमा राखेर सञ्चालन गर्न लागिएको हो, जसले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सरकारी सेवा सहज बनाउने अपेक्षा गरिएको छ।

notice