वैदेशिक रोजगार सम्बन्धी नीतिलाई व्यवहारिक बनाउँछौँ : मन्त्री यादव

आप्रवासन आप्रवासन

 

 युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेको विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यवहारिक नीति लागु गरिने घोषणा गरेका छन्।

युवा, श्रम तथा रोजगार मन्त्रालय र आइओएमको आयोजनामा पाँचौँ नेपाल फोरम अन माइग्रेसन एण्ड डेभलपमेन्ट सम्बन्धी सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री यादवले भने, " सरकारले सन् २०१५ देखि लागू भएको 'फ्री भिसा फ्री टिकट' नीति कागजमा मात्र सीमित भएकोले यसलाई व्यावहारिक बनाउन सरकारले पुनरवलोकन गर्ने प्रक्रिया सुरु गरेको छ ।" 

"वैदेशिक रोजगार ऐन २०६४ लाई प्रस्तावित संशोधित मस्यौदा पारित भएपछि पालना गर्नेलाई प्रोत्साहन र उल्लङ्घन गर्नेलाई थप कडा सजायको व्यवस्था गर्न गरिनेछ," उनले भने । 

प्रस्तावित ऐन स्वीकृत भएपछि भर्ना प्रक्रियालाई थप पारदर्शी, जबाफदेही र अनुगमनयोग्य बनाउन यसलाई पूर्ण रूपमा डिजिटलीकरण गरिने छ।

मन्त्री यादवले आफ्नो १०० दिने कार्यकालको अनुभव सुनाउँदै मन्त्री हुनुअघि नै यो नीतिको कार्यान्वयनमा समस्या देखेको र अहिले यसलाई वैज्ञानिक रूपमा नियमन गर्न एक उच्च स्तरीय कार्यदल गठन गरिएको जानकारी दिए।