काठमाडौँ । प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा धादिङको सत्यदेवी घर भई काठमाडौँ बस्ने राजेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको छ । मंगलबार उनलाई नागार्जुन नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरिएको सीआईबीका एसपी अनुपम शमशेर जबराले रातोपाटीलाई बताए ।
आरोपीले अन्य व्यक्तिहरूसँग मिलेर आफ्नो व्यक्तिगत खाता प्रयोग गरेर १ अर्ब ८९ करोड ६५ लाख बराबरको हुन्डीको कारोबार गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ अनुमति जारी गरेको थियो । रिजालमाथि हुन्डी कारोबार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको एसपी जबराले जानकारी दिए ।