सेन्जेन भिसा

गत वर्ष १ करोड १७ लाखले दिए सेन्जेन भिसाको आवेदन

आप्रवासन आप्रवासन

सन् २०२४ सेन्जेन भिसाका लागि १ करोड १७ लाखले बढी आवेदन परेको छ । सेन्जेन न्युजका अनुसार गत वर्ष १ करोड १७ लाख १६ हजार ७२३ जनाले सेन्जेन भिसाका लागि आवेदन दिएका हुन् ।

यो सन् २०२३ को तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०२३ मा १ करोड ३ लाख सेन्जेन भिसा आवेदन परेको थियो ।

यो वर्ष सबैभन्दा धेरैले फ्रान्स, स्पेन र जर्मनीको सेन्जेन भिसा लागि आवेदन परेको छ । फ्रान्समा मात्रै ३० लाख, स्पेनमा १६ लाख र जर्मनीमा १५ लाख आवेदन परेका हुन् ।

यसरी आवेदन दिनेहरूमा सबैभन्दा धेरै चीन, भारत र टर्कीका नागरिक छन् । त्यसपछि भिसा आवेदन दिनेमा मोरोक्को र रुसका नागरिक अधिक छन् ।

यसरी आवेदन दिनेहरूमध्ये १४ दशमलव ८ प्रतिशतको आवेदन अस्वीकृत भएको छ । सन् २०२३ मा सेन्जेन भिसा अस्वीकृत दर १६ प्रतिशत थियो । सन् २०२२ मा अस्वीकृत दर १७ दशमलव थियो ।

गत वर्ष सबैभन्दा धेरै बंगलादेश, पाकिस्तान, सेनेगल, हाइटी लगायतका देशका नागरिकको आवेदन अस्वीकृत भएको छ । बंगलादेशका नागरिकको अस्वीकृत दर ५४ प्रतिशत र पाकिस्तानका नागरिकको अस्वीकृत दर ४७ प्रतिशत छ । यस्तै, सेनेगल र हाइटीको अस्वीकृत दर समान ४६ प्रतिशत छ ।