हार्वर्डमा विदेशी विद्यार्थी

हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा ट्रम्पले लगाए रोक

आप्रवासन आप्रवासन

अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा रोक लगाइएको छ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्डलाई विदेशी विद्यार्थी भर्ना गर्नमा रोकेको हो ।

अमेरिकी गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले हार्वर्डको ‘स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर प्रोग्राम’ को प्रमाणीकरण रद्द गरिएको जानकारी दिएकी हुन्। हार्वर्डले विद्यमान कानुन पालना गर्न असफल भएको भन्दै सो निर्णय लिइएको नोएमको भनाई छ । 

हार्वर्डले भने ट्रम्प प्रशासनको निर्णय अन्यायपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ।

यी दुईबिच केही महिनायता जारी टकराबबिच ट्रम्प प्रशासनको पछिल्लो निर्णय आएको हो ।

यो निर्णयसँगै हार्वर्डमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थी अन्योलमा परेका छन् । हार्वर्डमा नेपालीसहित करिब ६ हजार ८०० अन्तर्राष्ट्रिय अध्ययनरत छन्। यो सङ्ख्या हार्वर्डमा अध्ययनरत कुल विद्यार्थीको २७ प्रतिशत हो ।

पछिल्लो कदमसँगै हार्वर्डमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीको अन्य संस्थामा स्थानान्तरण गर्दा समेत समस्या निम्तिने देखिन्छ । तनाव चुलिँदै गए विद्यार्थीहरूले अमेरिका छोड्नुपर्ने पनि हुन सक्छ।