वैदेशिक रोजगारीको नाममा क्यानडा पठाइदिन्छु भन्दै १ लाख ८५ हजार ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलभको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम असुलेर समर्पक विहीन भएका उनीहरूलाई काठमाडौँ उपत्यकाबाट प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार, पक्राउ परेका व्यक्तिले विदेश पठाउने भन्दै लामो समयसम्म झुलाएर राखेको र पछि रकम हात पारी सम्पर्कविहीन भएका थिए। पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनीलाई उपत्यकाबाट पक्राउ गरी सार्वजनिक गरिएको हो ।
यस्तो छ पक्राउ पर्ने व्यक्ति र ठगीको विवरण
क्यानडा पठाइदिन्छु भन्दै १ लाख भन्दा बढी ठगी क्यानडा पठाइन्छिु भन्दै १ लाख ८५ हजार ठगी गरेको आरोपमा जिल्ला पर्वत मोदी गाउँपालिका वडा नम्बर ५ निवासी १ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षीय चूडामणि रखाल रहेका छन् । उनीलाई यही साउन २६ गते बुधवार जिल्ला भक्तपुर सुर्यविनायक नगरपालिका वडा नम्बर २ बाट पक्राउ गरी सार्वजनिक गरिएको हो ।
थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइयो
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
पछिल्लो समय वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटनाहरू बढ्दै गएको भन्दै प्रहरीले अपरिचित व्यक्ति वा आधिकारिक दर्ता नभएका संस्थालाई रकम नबुझाउन र सचेत रहन सर्वसाधारणलाई आग्रह समेत गर्दै आइरहेको छ ।