श्रमिक आपूर्ति प्रणालीका समस्या र समाधानबारे छलफल सम्पन्न

आप्रवासन आप्रवासन

युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवज्यूको अध्यक्षतामा श्रमिक आपूर्ति क्षेत्रका विद्यमान समस्या, चुनौती तथा समाधानका उपायबारे सरोकारवालाहरूसँग छलफल सम्पन्न भएको छ।

छलफलमा श्रमिकको हक–अधिकार संरक्षण, श्रमिक आपूर्ति व्यवसायको व्यवस्थित तथा प्रभावकारी नियमन र आवश्यक कानुनी सुधारका विषयमा सरोकारवालाहरूले विभिन्न सुझाव प्रस्तुत गरेका थिए।

प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिँदै मन्त्री यादवले श्रम ऐन, २०७४ को संशोधन प्रक्रियामा व्यावहारिक सुझावहरू समेटिने बताउनुभयो।

साथै, श्रमिक आपूर्ति प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन सरकार, श्रमिक, रोजगारदाता तथा सम्बन्धित सरोकारवालाबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेकोमा मन्त्री यादवले जोड दिनुभयो।