वैदेशिक रोजगारीको नाममा १३ लाख भन्दा बढी ठगी गर्ने २ व्यक्ति पक्राउ

आप्रवासन आप्रवासन

 

वैदेशिक रोजगारीको नाममा विभिन्न देश पठाइदिन्छु भन्दै बेरोजगार युवायुवतीहरूबाट १३ लाख ३८ हजार ठगी गर्ने २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलभको प्रलोभनमा पारी ग्रिस र अष्टे«लिया पठाइदिन्छु भन्दै रकम असुलेर समर्पक विहीन भएका उनीहरूलाई काठमाडौँ उपत्यका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार, पक्राउ परेका व्यक्तिहरूले युवायुवतीलाई विदेश पठाउने भन्दै लामो समयसम्म झुलाएर राखेको र  पछि रकम हात पारी सम्पर्कविहीन हुने गरेका थिए। पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट यही भाद्र १ गते पक्राउ गरिएको हो।

यस्तो छ पक्राउ पर्ने व्यक्ति र ठगीको विवरण 

 ग्रिस पठाइदिन्छु भन्दै १२ लाख ठगी  ः ग्रिस पठाइन्छिु भन्दै २ व्यक्तिबाट १२ लाख ठगी गरेको आरोपमा जिल्ला बर्दिया बासगडी नगरपालिका वडा नम्बर ५ निवासी हाल काठमाडौँ जिल्ला बुडानिल्कण्ठ वडा नम्बर ४ बसोबास गर्दै आएको  १ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा २९ वर्षीय रेश्मा क्षेत्री रहेकी छन् । उनीलाई यही साउन ३१ गते  जिल्ला काठमाडौँ बुडानिल्कण्ठ नगरपालिका ८ बाट पक्राउ गरी सार्वजनिक गरिएको हो । 

अष्टे«लिया पठाउँछु भन्दै  १ लाखभन्दा बढी ठगी ः अष्टे«लिया पठाउँछु भन्दै १ व्यक्तिबाट १ लाख ३८ हजार ठगी गरेको आरोपमा जिल्ला काठमाडौँ शंखरापुर नगरपालिका वडा नम्बर ८ मा बसोबास गर्दै आएका १ व्यक्ति पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा ५० वर्षीय  रंजित के.सि रहेका छन् । उनीलाई यही साउन भाद्र १ गते जिल्ला काठमाडौँ वडा नम्बर १२ बाट नियन्त्रणमा लिई सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।  

थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइयो

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

पछिल्लो समय वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटनाहरू बढ्दै गएको भन्दै प्रहरीले अपरिचित व्यक्ति वा आधिकारिक दर्ता नभएका संस्थालाई रकम नबुझाउन र सचेत रहन सर्वसाधारणलाई आग्रह समेत गर्दै आइरहेको छ ।

777237672_4619528184995468_227551219703177648_n