अष्ट्रेलियामा विवाह दर्ता

अष्ट्रेलियामा विवाह दर्ताको कानूनी प्रक्रिया

आप्रवासन आप्रवासन

यदि तपाईं अष्ट्रेलियामा नेपाली नागरिकको रूपमा कानूनी विवाह गर्न चाहनुहुन्छ भने, केही महत्वपूर्ण कुरा जान्नु अति आवश्यक छ ।

के तपाईंलाई थाहा छ, अष्ट्रेलियामा विवाह गर्न कम्तीमा १ महिनाअगाडि नै विवाहको सूचना दिनुपर्छ ? यो भिडियोमा अष्ट्रेलियामा कानूनी रुपमा विवाहीत हुन आवश्यक प्रक्रियाबारे जानकारी दिदैँछौ ।

अष्ट्रेलियामा विवाह गर्नका लागि पहिलो त निवेदकको उमेर र वैवाहिक अवस्था हेरिन्छ । दुवै पक्ष कम्तीमा १८ वर्ष उमेरका हुनुपर्छ। यदि एक पक्ष १६–१८ वर्ष उमेरको छ भने, अदालतको अनुमति आवश्यक पर्छ ।

दुवै पक्ष पहिलेबाट वैवाहिक सम्बन्धमा नहुनु अर्थात्, पहिले विवाह भएको भए त्यो विवाह कानूनी रूपमा अन्त्य भएको हुनुपर्छ । जसका लागि पहिचान र जन्म प्रमाण आवश्यक पर्छ । त्यसका लागि पासपोर्ट, पहिलेको विवाह भएको खण्डमा डिभोर्स प्रमाणपत्र वा पूर्व पतिरपत्नीको मृत्यु प्रमाणपत्र आवश्यक पर्छ ।

यी सम्पूर्ण कागजातको अंग्रेजी अनुवाद नै पेश गर्नुपर्ने हुन्छ । कागजात तयार भएपछि विवाह समारोहको कम्तीमा एक महिना अगाडी Notice of Intended Marriage - NOIM मा सुचना दिनुपर्ने छ । यो प्रक्रिया celebrant  मार्फत गनुपर्छ यदि तपाईं अष्ट्रेलियाबाहिर हुनुहुन्छ भने, फारम अष्ट्रेलियन कन्सुलर वा डिप्लोमेटिक अफिसर, नोटरी पब्लिक, अष्ट्रेलियन ट्रेड कमिशनका अधिकृत कर्मचारीबाट प्रमाणित गर्न सकिन्छ

विवाह दर्ता सम्बन्धी थप जानकारी अष्ट्रेलियन अटर्नी-जनरलको विभागको वेबसाइटमा उपलब्ध छ

https://www.ag.gov.au/families-and-marriage/marriage/get-married