पोर्चुगलमा नेपाली

पोर्चुगलमा ३,२७९ नेपालीको टिआर अस्वीकृत, नेपाल फर्कन आदेश

आप्रवासन आप्रवासन

पोर्चुगल रेसिडेन्सी पर्मिट, टिआरका लागि आवेदन दिएका ३ हजार २७९ नेपालीको आवेदन अस्वीकृत भएको छ । पोर्चुगलको एजेन्सी फर इन्टिग्रेसन, माइग्रेसन एन्ड असाइलमले ती नेपालीको आवेदन अस्वीकृत गरेको पोर्चुगलको पत्रिका द पोर्चुगल न्युजले जनाएको हो । यद्यपि, कति नेपालीले पोर्चुगलमा टिआरका लागि आवेदन दिएका छन् भन्ने यकिन छैन् ।

आवेदन अस्वीकृत भएसँगै ती नेपालीलाई स्वैच्छिक रूपमा नेपाल फर्कन सूचित गरिएको छ ।

मे महिनासम्ममा टिआरका लागि परेका आवेदनेमध्ये ३३ हजारको आवेदन अस्वीकृत भएको छ । जसमा सबैभन्दा धेरै भारतीयहरू छन् । मेसम्ममा १३ हजार ४६६ भारतीयहरूको आवेदन अस्वीकृत भएको छ । त्यस्तै, ५ हजार ३८६ बाज्रिलियन र ३ हजार ७५० बङ्गलादेशीको आवेदन समेत स्वीकृत गरिएको छैन ।

एजेन्सीले नेपालीसहित ती सबैलाई स्वदेश फर्कन सूचित गरेको हो ।

पोर्चुगल सरकारको करिब १८ हजार विदेशीलाई निष्कासन गर्ने योजना बनाए पनि अहिले भने ३३ हजारलाई नै देश छाड्न भनिएको हो ।

पोर्चुगलमा रेसिडेन्सी पर्मिटका लागि कुल र ४ लाख ४६ हजार ९२१ विदेशीले आवदेन दिएका छन्, जुन लामो समयदेखि क्युमा छन् । यसरी लामो समयदेखि आवेदनमा निर्णय नहुँदा त्यसको प्रत्यक्ष मारमा नेपालीसहितका आप्रवासीहरू पर्ने गरेका छन् ।

आवासीय पर्मिट पाउन सहज हुन्छ भन्ने हेतुले ठुलो सङ्ख्यामा नेपालीहरू अन्य देशबाट पोर्चुगल पुग्ने गरेका छन् । 

गत सेप्टेम्बरसम्मको तथ्याङ्कअनुसार पोर्चुगलमा वैध हैसियतमा २९ हजार ९७२ जना नेपालीको बसोबास छ ।