वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारीमा नवराज ढकाल नियुक्त भएका छन्।
युवा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागमा कार्यरत मिरा आचार्यलाई हटाएर ढकाललाई नियुक्त गरेको हो ।
नयाँ महानिर्देशकका रूपमा ढकालले मलेसियामा कामदार पठाउने विषयमा उठेको सिण्डीकेट विवाद, साथै विभागको सेवा प्रवाहलाई प्रभावकारी बनाउने, वैदेशिक रोजगारमा जाने श्रमिकलाई अनावश्यक झन्झट र आर्थिक भारबाट जोगाउने तथा वैदेशिक रोजगार क्षेत्रमा देखिएका विकृति नियन्त्रण गर्ने चुनौती सामना गर्नुपर्नेछ।
विशेषगरी वैदेशिक रोजगारीमा जाने लाखौं नेपाली श्रमिकको श्रम स्वीकृति, उद्धार, गुनासा तथा ठगीसम्बन्धी उजुरीसँग प्रत्यक्ष जोडिएको विभागको नेतृत्व परिवर्तनलाई संघले गरेको आन्दोलनलाई समेत जोडेर हेरिएको छ ।