न्युजिल्याण्ड सरकारले आप्रवासी लक्षित Parent Boost Visa घोषणा गरेको छ । न्युजिल्याण्ड सरकारले विदेशबाट आएका अस्थायी बासिन्दाहरूका लागि आफ्ना आमाबुबालाई लामो समयसम्म देशमा बस्न दिने उद्देश्यले नयाँ ‘Parent Boost Visa’ घोषणा गरेको हो ।
सेप्टेम्बर २९, २०२५ देखि खुल्ने यो भिसाले आप्रवासीहरूलाई ५ वर्षसम्म आमाबुबासँग बस्न दिने सुविधा प्रदान गर्नेछ । Parent Boost Visa मा सबै मापदण्ड पूरा गरेपछि दूइपटक गरि जम्मा १० वर्षसम्म बस्न सकिने व्यवस्था गरिएको छ । तर यस भिसालाई अस्थायी बसोबासको रुपमा बुझ्न भनिएको छ । स्थायी बसोबासका लागि Parent Resident Visa कायम छ ।
न्यूजिल्डाण्डले भिसा आवेदनका लागि मापदण्ड पनि सार्वजनिक गरेको छ । आमा बुवाको भिसा प्रायोजन गर्ने सन्तान न्यूजिल्याण्डको स्थायी बासिन्दा भएको हुनुपर्ने छ । यस्तै आवेदकसँग कम्तिमा एक वर्षको स्वास्थ्य बिमा हुनुपर्ने छ । यस भिसा आवेदनको लागि प्रायोजकको आम्दानीबारे पनि प्रष्ट पारिएको छ । यदि एक जना प्रायोजक छन् भने, कम्तिमा नयाँजील्याण्डको औसत तलब बराबरको आम्दानी हुनुपर्छ । दुई जना प्रायोजक भएको खण्डमा, १.५ गुणा औसत तलब बराबरको संयुक्त आम्दानी देखाउनुपर्नेछ ।