क्यानडा पठाइदिने भन्दै १२ लाख ठगी गर्ने दुई जना पक्राउ

आप्रवासन आप्रवासन

 

 वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-२० बस्ने ४९ वर्षीया रिता गौतम र ३१ वर्षीय विमोचन राज कुँवर रहेका छन्।

उनीहरूले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्दै पीडितले उजुरी दिएका थिए। सोही उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौँ महानगरपालिका-१२ बाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।