आर्थिक वर्ष २०८३र८४ को भाद्र महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या साउनको तुलनामा १० हजार ३९९ जनाले घटेको छ। साउनमा ७० हजार ४४१ जनाले अन्तिम श्रम स्वीकृति लिएकोमा भाद्र महिनामा ६० हजार ४२ जनाले श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार भाद्र महिनाको अन्तिम सात सम्ममा श्रम स्वीकृति लिनेमा ५१ हजार ८ सय ४३ पुरुष र ८ हजार १ सय ९९ जना महिला रहेका छन्। यसअनुसार वैदेशिक रोजगारीमा जाने कामदारमा पुरुषको संख्या महिलाको तुलनामा उल्लेख्य रूपमा बढी रहेको छ।
सीपअनुसार हेर्ने हो भने भाद्र महिनामा सबैभन्दा धेरै श्रम स्वीकृति दक्ष कामदारले लिएका छन्। जसअनुसार सबैभन्दा धेरै स्किल्डतर्फ ३४ हजार १६७ जनाले श्रम स्वीकृति पाएका छन्। यसमा २९ हजार ३५० पुरुष र ४ हजार ८१७ महिला छन्।
त्यस्तै सेमी स्किल्डतर्फ ९ हजार ४६६, अनस्किल्डतर्फ १६ हजार ५८, प्रोफेसनलतर्फ २७१ र हाई स्किल्डतर्फ ८० जनाले श्रम स्वीकृति पाएका छन्।
विभागको तथ्यांक अनुसार भदौ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये ठूलो हिस्सा दक्ष तथा अर्धदक्ष श्रमिकको रहेको उल्लेख गरिएको छ ।