बसमा आगलागी हुँदा राहदानी सेवा प्रभावित

आप्रवासन आप्रवासन

 

काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको सडकमा भएको बस आगलागीका कारण राहदानी सेवा प्रभावित भएको छ ।  

विभाग परिसर नजिकै सडकमा गुडिरहेको बसमा आगलागी भएपछि त्यस क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको हो। 

विद्युत् तथा इन्टरनेट सेवामा अचानक अवरोध सिर्जना भएपछि विभागको मुख्य सर्भर र प्राविधिक प्रणाली सञ्चालन हुन नसक्दा राहदानीको छपाइ प्रक्रियामा प्रत्यक्ष असर पर्न गएको विभागले जनाएको छ । छपाइ प्रक्रिया प्रभावित भएपछि तयार भइसकेका तथा बन्ने क्रममा रहेका राहदानीहरू समयमै सेवाग्राहीलाई वितरण गर्न कठिनाइ उत्पन्न भएको  विभागले जनाएको छ । 

सोमबार विभागले एक  सूचना जारी गरी   छपाइ र वितरण कार्यमा प्राविधिक अड्चन आए तापनि नयाँ राहदानीका लागि आवश्यक पर्ने आवेदन सङ्कलन प्रक्रिया भने पूर्ववत् रूपमै नियमित सञ्चालन भइरहेको विभागले स्पष्ट पारेको छ।  

हाल अवरुद्ध हुन पुगेका विद्युत् र इन्टरनेट सेवा पुनर्स्थापनाका लागि तीव्र गतिमा मर्मत कार्य भइरहेको जनाएको छ।

rr_l2Qnd1hhZg