हिम्लुङ हिमपहिरोमा परेका थप ३ जनाको शव फेला, ९ जना अझै सम्पर्कविहीन

आप्रवासन आप्रवासन

मनाङको हिम्लुङमा हिमपहिरोमा पुरिएका थप ३ जनाको शव भेटिएको छ । असोज ११ मा आएको हिम पहिरोमा परेर अहिलेसम्म ७ जनाले ज्यान गुमाएका छन् । 

थप भेटिएका ३ शव हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । हिम पहिरोमा परेर अझै ९ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन भएकाहरूको खोजी भइरहेको मनाङकी डीएसपी कोपिला चुडालले रातोपाटीलाई बताइन् ।

हिम्लुङमा मृत्यु हुनेहरुमा सङ्खुवासभा घर भएका क्षेदी भोटे, पासाङ भोटे, गोरखा घर भएका वीरेन्द्र गुरुङ, खोटाङ घर भएका घनश्याम राई, रुकुम घर भएका कमल बुढा, खोटाङका सुरज राई र गोरखा केरौंजा घर भएका आसमान गुरुङ छन् ।

मृतक मध्येका ३ जनाको शव परिवारले बुझेका छन् । नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङमा सम्पर्कविहीन भएकाहरूको खोजी कार्य भइरहेको डीएसपी चुडालले जानकारी दिइन् ।