एजुकेश्नल कन्सल्टेन्सी

एजुकेश्नल कन्सल्टेन्सी सुरु गर्ने कानुनी प्रकिया

आप्रवासन आप्रवासन

शैक्षिक परामर्श सेवा अर्थात एजुकेशनल कन्टल्टेन्सी शुरु गर्ने सोचमा हुनुहुन्छ ? कानूनी रुपमा आफ्नो व्यवासायलाई कसरी बलियो बनाउने सोच तपाईको छ भने यो भिडियो तपाईको लागि हो । अन्तिमसम्म हेर्नुहोला । यहाँ हामी नेपालमा कानूनी रुपमा एजुकेशनल कन्टल्टेन्सी संचालन गर्न के के आवश्यक पर्छ भन्ने जानकारी दिने छौ ।

पहिलो कुरा, कम्पनी दर्ता ।

सबैभन्दा पहिला तपाईले कम्पनी रजिष्टारको कार्यालयमा गएर कम्पनी दर्ता गर्नुपर्छ । यो प्रक्रिया पूरा नगरी व्यवसाय अगाडी बढाउन सकिदैन ।

दोस्रो, भ्याट दर्ता कम्पनी दर्ता गरेपछि, तपाईको व्यवसाय संचालन हुने स्थान अनुारको आन्तरिक राजस्व कार्यालयमा गई भ्याट दर्ता गर्नुपर्छ ।

तेस्रो, स्थानीय तहमा व्यवसाय दर्ता

अब तपाईले स्थानीय वडा कार्यालयमा पनि व्यवसाय दर्ता गर्नुपर्ने हुन्छ । यी सबै प्रक्रियाले तपाईको व्यवसायलाई कानूनी मान्यता दिन्छ ।

अब कुरा गरौँ व्यवसाय संचालनको अनुमती अर्थात स्विकृतीको ।

अघि भनिएका प्रक्रिया पूरा गरेपछि मात्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वा प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयबाट स्वीकृती पत्र लिनुपर्ने हुन्छ ।

त्यसो भए स्वीकृतीका प्राप्त गर्न के के चाहिन्छ ।

मुख्य कागजातहरु

कम्पनी, भ्याट र वडामा दर्ता गरिएको कागजातहरु

२ जना परामर्शदाता, जो ब्याचलर पास भई कम्तिमा १ बर्षको अनुभव भएका वा टीआई टीआई तालिम लिएको हुनुपर्छ । त्यसैगरि एक योग् प्रशिक्षक  । अध्ययनको लागि पठाउने देशका कम्तिमा २ ओटा शैक्षिक संस्थासँग भएको सम्झौताको पत्रसँगै एजुकेशनल कन्टल्टेन्सी संचालन निर्देशिकामा उल्लेख भए अनुसारका कुराहरु ।

याद गर्नुहोस् । अनुमति पत्र प्राप्त नगरिकन कन्सल्टेन्सी संचालन गर्नुगैर कानूनी हो ।त्यसैले विद्यार्थी र अभिभावकहरुले पनि जाने वा पठाउने कन्सल्टेन्सीले सरकारी अनुमति पाएको छ कि छैन भन्ने कुरा अनिवार्य जाँच गर्नुहोस् शिक्षित बनौँ सचेत बनौँ ।