हेलिकोप्टर दुर्घटना अपडेट : एक विदेशीको मृत्यु, घाइतेको उद्धार

आप्रवासन आप्रवासन

काठमाडौँ । सोलुखुम्बुको फेरिचेमा आज बिहान दुई हेलिकोप्टर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरका अनुसार एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टर एक आपसमा ठोक्किँदा एक विदेशीको अन्दस्पट मृत्यु भएको हो । 

मृतक कुन देशका नागरिक हुन भन्ने अहिलेसम्म पहिचान नखुलेको प्रमुख जिल्ला अधिकारी थापा मगरले जानकारी दिए । 

एक जना घाइते भएका छन् । घाइतेको प्रभु ऐयरको हेलिकोप्टरबाट रेस्क्यु गरिएको थापा मगरले बताए । उनलाई लुक्लामा रहेको अस्पतालमा पुर्‍याइएको छ ।

दुई हेलिकोप्टर ल्याण्डिङ गर्ने क्रममा पङ्खा ठोकिएर दुर्घटना भएको हो ।