काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसस्थित ओभल अफिसमा दीपावली समारोहमा सहभागी हुँदै दीप प्रज्वलन गर्ने भएका छन्।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार यस कार्यक्रमसँगै ह्वाइट हाउसमा दीपावली मनाउने पुरानो परम्पराले निरन्तरता पाउनेछ । उक्त परम्पराको सुरुवात पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसको कार्यकालमा भएको थियो ।
पूर्वराष्ट्रपति बाराक ओबामाले पनि आफ्नो कार्यकालमा ह्वाइट हाउसमा दीपावली मनाउने परम्परालाई निरन्तरता दिएका थिए।
ट्रम्पले यसअघि पनि आफ्नो पहिलो कार्यकालमा ह्वाइट हाउसमा दीपावली समारोह आयोजना गरेका थिए । यस वर्षको कार्यक्रम ओभल अफिसमा हुनेछ।