आप्रवासी राख्न जेल

आप्रवासी राख्न जङ्गली जनावरले घेरिएको जेल अमेरिकामा तयार

आप्रवासन आप्रवासन

अमेरिकाको फ्लोरिडा राज्यमा देश निकालाको पालो कुरेर बसेका आप्रवासीलाई राख्न जेल तयार भएको छ ।  ‘एलिगेटर अल्कत्राज’ नाम दिइएको यस डिटेन्सन सेन्टरमा आपराधिक पृष्ठभूमिका आप्रवासीलाई राख्ने तयारी छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार उक्त जेल भ्रमण गरेका छन्। जेलको भ्रमणपछि ट्रम्पले सो जेललाई यस ग्रहकै दुष्ट व्यक्तिहरूको घरको संज्ञा दिएका छन् ।

ट्रम्पले भनेझैँ यो जेल साँच्चिकै खतरनाक छ ।

एलिगेटर भनेको गोही जस्तै एक जीव हो । अल्कत्राजले भने अमेरिकी गृह युद्धका दौरान युद्ध बन्दीलाई राखिने टापुमा रहेको एक एकान्त जेल हो । नामझैँ एलिगेटर अल्कत्राज फ्लोरिडाको दुर्गम भेगमा बनाइएको छ ।

यो जेल घर पालुवा जनावरको वासस्थान जस्तै देखिन्छ भने जेलको वरपर थुप्रै जङ्गली जनावर राखिएको छ । यसले गर्दा कुनै कैदी पनि भागेर जान सम्भव हुने छैन । कुनै पनि आप्रवासीले भाग्ने चेष्टा गरेमा उ जङ्गली जनावरको सिकार बन्ने छ ।

यसबाहेक जेलको करिब ९ सय फिटको दूरीमा अमेरिकी आदिवासी गाउँहरू छन् ।

यो जेल बनिरहँदा वातावरणमा पर्ने प्रभाव र कैदीहरुको मानव अधिकारलाई लिएर विरोध समेत भएको थियो । तर ती सबै कुराको वेवास्था गर्दै जेल तयार गरिएको हो ।

जेलमा ३ हजार बन्दी अट्ने क्षमता छ। तर जेलभित्रै पालहरू समेत बनाइएको छ । पालहरूमा समेत गरेर ५ हजार आप्रवासी कैदीहरूलाई राख्ने अमेरिकी योजना छ । त्यसको नजिकै अर्को एउटा जेल समेत तयार गरिँदै छ। सो जेलमा अर्को ३ हजार जना राख्ने योजना छ। 

यी सब कुराहरुले गर्दा यो जेललाई अमेरिका भित्रको कठोर मध्येको एक जेल मानिएको छ ।