रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ । यससँगै रूस अफगानिस्तानको तालिवान शासनलाई औपचारिक मान्यता दिने पहिलो देशको सूचीमा चढेको छ ।
रूसको उक्त निर्णयलाई अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले ‘साहसिक’ निर्णय भनेका छन् । उनीसँग काबुलमा भएको भेटका क्रममा रूसका राजदूत दिमित्री जरिनोभले आफ्नो देशको निर्णयका बारेमा जानकारी दिएका थिए ।
सन् २०२१ अगस्टमा सत्तामा फर्किएपछि तालिवानले मानवाधिकार उल्लंघनका घटनाका बीच पनि अन्तर्राष्ट्रिय मान्यता र लगानीका लागि माग गरेको थियो । तालिवान सत्तामा फर्किएपछि पनि अफगानिस्तानमा रहेको आफ्नो दूतावास बन्द नगर्ने मुलुकमा रूस पनि पर्दछ ।
सन् २०२२ ममा तालिवानका साथ अन्तर्राष्ट्रिय आर्थिक सम्झौतामा हस्ताक्षर गर्ने पहिलो देश पनि रूस नै हो । सम्झौताअनुसार रूस अफगानिस्तानलाई तेल, ग्यास र गहुँ आपूर्ति गर्न सहमत भएको थियो ।
रूसी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले गत अप्रिलमा तालिवानलाई रूसले आतंकवादी संगठनको सूचीबाट हटाएको थियो ।