भारत सरकारले प्रतिष्ठित अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससहित टीआरटी र ग्लोबल टाइम्सजस्ता अन्तर्राष्ट्रिय संचार माध्यमहरूको एक्स अकाउन्टमा प्रतिबन्ध लगाएको विषयमा सामाजिक सञ्जाल प्लेटफर्मले आफ्नो जवाफ दिएको छ ।
एक्सले आफ्नो ग्लोबल गभर्नमेन्ट अफेयर्स ह्यान्डलमा एक पोष्ट गर्दै ३ जुलाई २०२५ मा भारत सरकारले देशको सूचना प्रविधि ऐनको दफा ६९ ए अन्तर्गत भारतमा दुई हजार ३५५ अकाउन्टहरू ब्लक गर्न निर्देशन दिएको खुलासा गरेको छ ।
यो पोस्टमा एक्सले भनेको छ, “यी अकाउन्टहरूमा रोयटर्स र रोयटर्स वर्ल्डका अकाउन्टहरू पनि संलग्न थिए । यो आदेश पालना नगरेमा एक्सलाई आपराधिक दायित्वको जोखिम रहन्छ । इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले कुनै कारण नखुलाई एक घण्टाभित्र तत्काल कारबाही गर्न माग गरेको थियो । अर्को सूचना नआउन्जेल अकाउन्टहरू ब्लक राख्न भनेको थियो ।”
सार्वजनिक आक्रोशपछि भारत सरकारले रोयटर्स र रोयटर्स वर्ल्डका अकाउन्टहरू अनब्लक गर्न निर्देशन दिएका थियो । यसैबीच, गत हप्ता यी अकाउन्टहरू ब्लक गरिएको समाचार बाहिरिएपछि भारत सरकारका एक प्रवक्ताले रोयटर्सको अकाउन्ट ब्लक गर्न भारत सरकारले कुनै कानुनी माग नगरेको बताएका खबरहरू आएका थिए ।