मलेसियन एअरलाइन्स दुर्घटना कारण

११ वर्षअघि युक्रेनमा मलेसियन जहाज रूसले खसालेको अदालतको फैसला

आप्रवासन आप्रवासन

युरोपको शीर्ष मानवअधिकार अदालतले ११ वर्षअघि युक्रेनमा मलेसियन एअरलाइन्सको जहाज रूसले खसालेको फैसला गरेको छ ।

नेदरल्यान्ड्सको एमस्टरड्यामबाट मलेसियाको क्वालालम्पुर गइरहेको बोइङ ७७७ ९एमएच १७० जहाज पूर्वी युक्रेनमा २०१४ जुलाई १७ मा दुर्घटना भएको थियो । सो जहाजमा सवार सबै २९८ यात्रु र चालक दलका सदस्यको मृत्यु भएको थियो। मृतकहरू १७ देशका नागरिक थिए ।

उनीहरूमध्ये १९८ नेदरल्यान्ड्सका नागरिक, ४३ मलेसियन, ३८ अस्ट्रेलियन र १० बेलायती थिए ।  रूसले २०१४ फेब्रुअरीमा युक्रेनको क्राइमिया कब्जा गरेपछि त्यतिबेला पूर्वी युक्रेनमा पृथकतावादी विद्रोह चलाइरहेको थियो । रूस निर्मित बुक मिसाइल प्रयोग गरी पूर्वी युक्रेनमा रूस समर्थक विद्रोहीहरूको नियन्त्रणमा रहेको क्षेत्रमा सो जहाज खसालिएको थियो ।

त्यसका विरूद्ध नेदरल्यान्ड्स र युक्रेनले हालेको मुद्दामा बुधबार फैसला गर्दै युरोपियन कोर्ट अफ ह्युमन राइट्सले रूसलाई दोषी ठहराएको छ । रूसी सेना स्पष्ट रूपमा गैरकानूनी आचरणमाु संलग्न भएको अदालतले ठहर गरेको छ ।

सम्भवतः त्यो जहाज सैन्य विमान हो भन्ने गलत विश्वासमा आक्रमण भएको अदालतले बताएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको इन्टरनेसनल सिभिल एभियसन अर्गनाइजेसन आइकाओले यसअघि नै सो जहाज रूसले खसालेको फैसला गरिसकेको छ ।