न्युजिल्याण्ड सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आकर्षण बढाउन विभिन्न योजनाहरू घोषणा गरेको छ ।
न्युजिल्याण्डले ‘अन्तर्राष्ट्रिय शिक्षा विकासको लागि योजना’ शीर्षकको नयाँ योजना सार्वजनिक गरेको हो ।
जस अन्तर्गत अब विदेशी विद्यार्थीले न्युजिल्याण्डमा सातामा २५ घण्टासम्म काम गर्न पाउने छन् ।
यसअघि विदेशी विद्यार्थीले सातामा २० घण्टा मात्र काम गर्ने अनुमति पाउँदथे ।
विद्यार्थीले सेमेस्टर सकिएर क्याम्पस छुट्टी भएको बेलामा पनि फुल टाइम काम गर्न सक्ने छन् ।
यसबाहेक विदेशी विद्यार्थीका लागि विभिन्न शैक्षिक अधिकार समेत घोषणा गरिएको छ ।
भोकेस्नल अध्ययनमा पुगेका विद्यार्थीलाई ६ महिने पोस्ट स्टडी वर्क पर्मिट दिने तयारी छ ।
हाल ब्याचलर वा मास्टर्समा पुगेका विद्यार्थीलाई मात्र ३ वर्षे पोस्ट स्टडी वर्क पर्मिट दिइन्छ ।
हाल घोषणा गरिएको योजना आउँदो नोभेम्बर ३ देखि लागु हुने छ ।
अमेरिका, युके, अस्ट्रेलिया र क्यानडा जस्ता देशहरूले अन्तर्राष्ट्रिय विद्यार्थी निरुत्साहित गरिरहेको बेला न्युजिल्याण्डले भने खुकुलो नीति अपनाएको हो ।
सन् २०२४ मा न्युजिल्याण्डमा ८३ हजार ४ सय विदेशी विद्यार्थी भर्ना भएका थिए ।
यो सङ्ख्यालाई सन् २०३४ सम्ममा १ लाख १९ हजार पुर्याउने लक्ष्य लिइएको छ ।
यस्तै, सन् २०२४ मा विदेशी विद्यार्थीमार्फत ३ अर्ब ६० करोड रुपैयाँ आम्दानी भएको थियो ।
यसलाई पनि सन् ३०३४ सम्ममा दोब्बर पार्दै ७ अर्ब २० करोड रुपैयाँ पुर्याउने न्युजिल्याण्ड सरकारको लक्ष्य छ ।