कोरियास्थित नेपाली दूतावासले पासपोर्ट नविकरणका लागि दूतावास जानु अघि गर्ने तयारीबारे स्पष्ट र महत्वपूर्ण जानकारी सार्वजनिक गरेको छ ।
नेपाली नागरिकहरूको चाप बढेसँगै सेवा प्रभावकारी बनाउन र सेवाग्राही अन्यौलता घटाउन केही जरुरी तयारी पूरा गर्न भनेको हो ।
पासपोर्ट नविकरण जानु अघि तपाईले के के तयारी गर्ने त ? सबैभन्दा पहिले अनलाईन प्रि इनरोलमेन्ट फारम अनिवार्य भर्नुहोला अनलाइन फारमको लागि Nepal ePassport एप प्रयोग गर्न सकिनेछ ।
यो एप Google Play Store वा App Store बाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।
यस एपमार्फत फारम भर्न, समय लिन र राहदानी बनेको छैन भन्ने जानकारी समेत लिन सकिन्छ ।
फारम भरिसकेपछि प्राप्त भएको कन्फर्मेशन स्लिप/QR कोड प्रिन्ट वा मोबाइलमा सुरक्षित राख्नुहोस्, दूतावासमा देखाउनुपर्ने हुन सक्छ ।
यस्तै नागरिकता प्रमाणपत्र, पुरानो पासपोर्टजस्ता आवश्यक कागजात तयार गर्नुहोस् ।
यस्तै दूतावसले आफ्नो सुचनामा अन्य महत्वपूर्ण सुझाव दिएको छ ।
पासपोर्टको म्याद सकिन कम्तिमा पनि १ वर्ष बाँकी छँदै नविकरणको प्रयास गर्नुहोस् ।
म्याद सकिन १–२ महिना बाँकी हुँदा मात्र प्रयास गर्दा ढिलाइ हुने सम्भावना धेरै हुन्छ ।
दूतावासको आधिकारिक सूचना नियमित हेर्नुहोस्, जसबाट तपाईले नयाँ अपडेट, घुम्ती शिविर जानकारी, समय तालिका तपाईले जानकारी पाउनुहुने छ ।
दूतावासले आफ्नो Facebook Page र Tiktok Page मा नियमित अपडेट गरिरहेको हुन्छ ।