परिवारलाई युएई बोलाउने प्रक्रिया

परिवारलाई युएई बोलाउन चाहनुहुन्छ ? यस्तो छ प्रक्रिया

आप्रवासन आप्रवासन

संयुक्त अरब इमिरेट्स (युएई) रोजगारी वा व्यवसायका बसिरहनुभएको छ भने तपाईँले आफ्नो पार्टनर र छोराछोरीलाई बोलाएर स्थायी रूपमा बसोबास गराउन सक्नुहुन्छ ।

यसको प्रक्रिया र मापदण्ड के-के छ ?

यो भिडियोमा जानकारी गराउँदै छौ ।

तपाईँले युएईको रेसिडेन्स भिसा पाइसक्नुभएको छ भने परिवार प्रायोजकको रुपमा परिवारका सदस्यको पनि रेसिडेन्स भिसा आवेदन दिन सक्नुहुनेछ ।

तर त्यसमा पनि रेसिडेन्स भिसा र इमिरेट्स आइडीको वैधता कम्तीमा ६ महिना बाँकी हुनुपर्छ ।

यस्तै मासिक तलब कम्तीमा ४ हजार दिराम वा ३ हजार प्लस आवास भएको हुनुपर्ने छ ।

यस्तै, आधिकारिक घर भाडा सम्झौता भएको हुनुपर्ने छ ।

यसअघि यसरी परिवार प्रायोजन गर्ने व्यक्तिको पेसा र पद हेर्ने प्रावधान थियो ।

तर त्यो हटिसकेको छ ।

यी मापदण्ड पूरा गरेका योग्य व्यक्तिले कसरी श्रीमान् वा श्रीमती वा छोराछोरीको भिसा प्रक्रिया अगाडी बढाउने त ?

पहिले त Entry permit का लागि आवेदन दिनुहोस्, श्रीमान् वा श्रीमतीका लागि विवाह प्रमाणपत्र आवश्यक हुन्छ ।

जसलाई अरबीमा अनुवादसहित तीन तहको प्रमाणीकरण गरेको हुनुपर्ने छ ।

पासपोर्ट फोटो, मेडिकल रिपोर्ट बुझाएपछि UAE प्रवेश भिसा entry permit प्रक्रिया हुने छ ।

UAE भित्रिएपछि ६० दिनभित्र रेसिडेन्स भिसाको प्रक्रिया सुरु गर्नुपर्छ ।

सरकारी स्वास्थ्य केन्द्रमा मेडिकल चेकअपसँगै Emirates ID का लागि आवेदन र बायोमेट्रिक प्रक्रिया पुरा गर्नुपर्ने छ ।

यसरी आफ्नो परिवारलाई UAE मा बोलाएर सुरक्षित साथमा बस्न सकिन्छ । 

थप जानकारी ICP UAE Smart Services वा GDRFA Dubai जस्ता वेबसाइटबाट पनि लिन सक्नुहुने छ ।