अध्यागमन विभागको सार्वजनिक अनुरोध

अब अध्यागमनले भिजिट भिसामा जानेको हैसियत जाँच गरेर रोक नलगाउने

आप्रवासन आप्रवासन

अध्यागमन विभागले सुरक्षित, मर्यादित व्यवस्थित वैदेशिक यात्राका लागि सार्वजनिक अनुरोध गरेको

विभागले विभिन्न वटा पक्षलाई अध्यागमन पक्रियालाई थप मर्यादित बनाउन सहयोग गर्न आग्रह गरेको हो

विभागले नागरिक तथा यात्रु, वायु सेवा कम्पनी, स्थानीय तह जिल्ला प्रशासन, सञ्चारमाध्यम, कूटनीतिक नियोग, ट्राभल्स एन्ड टुर्स, कन्सल्टेन्सी तथा म्यानपावरका मुद्रा सटही कारोबार गर्ने संस्थाहरूलाई अनुरोध गरेको हो

विभागले नागरिक तथा यात्रुहरूका हकमा अब अनुमान, शङ्का यात्रुको भौतिक हैसियतको आधारमा कुनै नेपाली नागरिकलाई विभेदपूर्ण व्यवहार नगरिने बताएको

अब उप्रान्त पर्यटकीय प्रकृतिको भिसामा जाने कुनै पनि नेपालीको हैसियत जाँच गरेर रोक लगाउने कार्य गरिने विभागको भनाई  

विभागले वायुसेवा कम्पनीहरूलाई समेत क्षमता भन्दा बढी बुकिङ नगराउन विमानको प्रस्थान समयभन्दा एक घण्टा अगावै यात्रुलाई अध्यागमन कक्षमा प्रवेश गराउन भनेको

कतिपय ट्राभल्स एन्ड टुर्स, कन्सल्टेन्सी तथा म्यानपावरहरूले पर्यटक भिसामा विदेश जान चाहने नेपालीसँग बार्गेनिङ गर्ने, नक्कली कागजात आफैँ बनाइदिने वा बनाउन प्रोत्साहन गर्ने गरेको पाइएको विभागको भनाई

आगामी दिनमा पनि त्यस्ता कार्य गरेको पाइए आवश्यक कारबाहीका लागि प्रहरीमा पठाइने विभागको चेतावनी