भारत माथि अमेरिकी कर

अमेरिकाले आजदेखि भारतलाई लगायो ५० प्रतिशत कर

आप्रवासन आप्रवासन

अमेरिकाले भारतविरुद्ध थप गरेको २५ प्रतिशत भन्सार कर आज अगस्ट २७ देखि लागु गर्ने जनाएको छ ।

अमेरिकाले मंगलबार एक सुचना जारी गर्दै भारतबाट आफ्नो देश आउने सामानमा अबदेखि कुल ५० प्रतिशत कर लाग्ने जनाएको हो ।

पहिले २५ प्रतिशत र पछि थपिएको समेत भारतसँग निर्यातबापत अमेरिकाले कुल ५० प्रतिशत कर लिने भएको हो ।

भारतले रुसबाट कच्चा तेल खरिद गरेर युक्रेनविरुद्धको युद्धमा सहयोग पुर्‍याइरहेकाले ५० प्रतिशत कर लगाइएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

भारतले भने ट्रम्पको यो निर्णयलाई अनुचित र तर्कहीन भनेको छ ।

भारत प्रति अमेरिकी करको शृङ्खला पहिलो भने होइन । अप्रिल २०२५ राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा २६ प्रतिशत कर लगाउने घोषणा गरे तर पछि यो निर्णय ९० दिनका लागि स्थगन गरे ।

जुलाई २०२५ राष्ट्रपति ट्रम्पले अगस्ट १ देखि भारतीय सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । अगस्ट २०२५ यसपछि ट्रम्पले थप २५ प्रतिशत कर लगाउने घोषणा गरे र कुल करको दर ५० प्रतिशत पुगेको हो ।