विदेश वा भारत यात्रा गर्दा नगद विदेशी मुद्रा सीमा तोकियो

आप्रवासन आप्रवासन

नेपाली वा विदेशी नागरिकले पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा साथमा बोकेर नेपाल आउँदा भन्सार घोषणा गर्न नपर्ने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले सूचना निकालेर पाँच हजार डलरसम्मको मुद्रा भन्सार घोषणा बिना नेपाल भित्र्याउन सकिने व्यवस्था रहेको जानकारी गराएको हो । पाँच हजार अमेरिकी डलरभन्दा बढीको नगद भित्र्याउनु परेमा भने भन्सार घोषणा अनिवार्य हुने व्यवस्था रहेको राष्ट्र बैङ्कले आज निकालेको सूचनामा उल्लेख छ ।

त्यस्तै, राष्ट्र बैङ्कले सन् २०१६ नोभेम्बर ९ भन्दा पहिले चलनमा रहेका पाँच सय र एक हजार दरका भारतीय नोटका साथै, दुई सय, पाँच सय र दुई हजार दरका अहिलेका भारीय नोट कारोबार र ओसार–पसार निषेध गरेको छ ।  त्यस्तै, नेपाली नागरिकले भारतबाहेक अन्यत्र भारतीय रुपैयाँ लैजान नपाउने जानकारी पनि राष्ट्र बैङ्कले गराएको छ ।

May be an image of text