सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहिको सङ्ख्या बढ्दै

आप्रवासन आप्रवासन

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहिको सङ्ख्या बढेको छ  ।  

यस वर्षको वसन्त याम सुरु भएसँगै सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहिको सङ्ख्या बढेको हो । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यस वर्ष  हालसम्मकै धेरै ५० आरोहण दलका १२ नेपालीसहित कुल ४ सय ९२ आरोहिले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

 संसारको सबैभन्दा अग्लो चुचुरोमा रहेको  सगरमाथाको उचाइ ८,८४८,८६ मिटर  रहेको छ ।  यसको उचाइ समुन्द्र सतहबाट  २९,३१,६९ फिट छ ।  सन् ८ डिसेम्बर २०२० अगाडी यसको उचाइ समुन्द्र सतहबाट ८,८४८ मिटर मानिएको थियो । 

 सगरमाथा नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्छ । सगरमाथालाई सन् १८६५ मा ब्रिटिस सर्भेवर कर्णेल सर जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट नामकरण गरिएको थियो । पछि सन् १९५६  वि.सं २०१२ मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राख्नु भएको थियो ।  साथै उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि उल्लेख गर्नुभएको थियो । सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको दिन  बिहान ११ बजेर १५ मिनेटको समयमा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए ।