मलेसियामा काम गर्ने नेपाली सावधान! PLKS नियम तोडे पक्राउदेखि डिपोर्टसम्मको कारबाही

आप्रवासन आप्रवासन

मलेसियामा वैदेशिक रोजगारीमा रहेका नेपालीसहित सबै विदेशी श्रमिकलाई अस्थायी रोजगार पास अर्थात् PLKS (Pas Lawatan Kerja Sementara) सम्बन्धी नियम कडाइका साथ पालना गर्न चेतावनी दिइएको छ।

मलेसिया अध्यागमन विभागले जारी गरेको सूचनाअनुसार PLKS को सर्त उल्लङ्घन गर्नु अध्यागमन ऐन 1959/63 र अध्यागमन नियम 1963 अन्तर्गत गम्भीर अपराध मानिनेछ।

सूचनाअनुसार PLKS धारकहरूले रोजगारदाताको अनुमति बिना कम्पनी वा मालिक परिवर्तन गर्न, अर्को कम्पनीमा काम गर्न, परिवारका सदस्यलाई अवैध रूपमा सँगै राख्न, मलेसियामा विवाह गर्न तथा रोजगार पासको दुरुपयोग गर्न पाउने छैनन्।

त्यस्तै, कुनै पनि कानुनविपरीत गतिविधिमा संलग्न भए कडा कारबाही हुने चेतावनी दिइएको छ।

May be an image of text that says 'PATUHI SYARAT PAS LAWATAN KERJA SEMENTARA (PLKS) Kegagalan mematuhi syarat pas merupakan satu kesalahan di bawah Akta Imigresen 1959 63 dan Peraturan-peraturan Imigresen 1963. DILARANG Tukar majikan tanpa kelulusan Bekerja dengan majikan ain Membawa keluarga Berkahwin Salah Salahguna guna pas KBA MELANGGAR SYARAT Aktiviti menyalahi undang- undang-undang undang DITA DIDENDA PAS DIBATAL PATUHI UNDANG UNDANG-UNDANG, -UNDANG, ELAK TINDAKAN TEGAS. DIHANTAR TAR Jabatan ImigresenMalaysia migresen Malaysia MALAYSIA MADANI UAIGRESEN PERKASA'

नियम उल्लङ्घन गर्ने विदेशी कामदारलाई पक्राउ, हिरासत, जरिवाना, रोजगार पास रद्द तथा स्वदेश फिर्ता अर्थात् डिपोर्टसम्म गरिन सक्ने मलेसिया अध्यागमन विभागले जनाएको छ।

मलेसियामा सुरक्षित र कानुनी रूपमा काम गर्नका लागि आफ्नो रोजगार पासका सबै सर्तहरू बुझेर पालना गर्न आवश्यक रहेको विभागको भनाइ छ।

विशेषगरी नेपाली श्रमिकहरूले कम्पनी परिवर्तन, अतिरिक्त काम वा गैरकानुनी गतिविधिमा संलग्न हुनुअघि कानुनी अवस्था बुझ्नुपर्ने सरोकारवालाहरूले बताएका छन्।

“कानुन पालना गरौँ, कडा कारबाहीबाट बचौँ” भन्ने सन्देशसहित मलेसियाले विदेशी कामदारलाई जिम्मेवार र कानुनी दायराभित्र रहेर काम गर्न आग्रह गरेको छ।