२ सय नेपाली श्रमीकलाई अवसर, शून्य लागतमा मलेसिया रोजगारी

संगम पहरी संगम पहरी

मलेसियामा रोजगारी खोजिरहेका नेपालीका लागि नयाँ अवसर खुलेको छ। विस्ट्रोन टेक्नोलोजी ९मलेसिया० एसडीएन बीएचडीमा २०० जना श्रमिकहरूलाई पूर्ण रूपमा ’शून्य लागतमा 'प्रदक्सन अपरेटर' पदका लागि कामदारको माग आएको हो, जसमा ८० पुरुष र १२० महिला आवश्यक छन्। यो भर्ना काठमाडौंको लाल धनुष इन्टरनेशनल सर्भिस प्रा। लि। मार्फत भइरहेको छ।

सूचनाअनुसार तलब मलेसियन रिंगिट १,७०० प्रति महिना तोकिएको छ, जुन करिब नेपाली रुपैयाँ ६५,८०३ बराबर पर्छ। करार अवधि २ वर्ष रहनेछ। कम्पनीले भिसा, टिकट, खाना, बसोबास, नेपालमै प्रि(मेडिकल र रोजगार बीमा उपलब्ध गराउने उल्लेख गरिएको छ। सबैभन्दा ठूलो आकर्षण भनेको सेवा शुल्क शून्य हो।

योग्यता हेर्दा कम्तीमा एसएलसी पास हुनुपर्नेछ। कामको अनुभव पदअनुसार हुनेछ। साथै, उम्मेदवार अंग्रेजीमा राम्रोसँग संवाद गर्न सक्ने, निर्देशन पालना गर्ने, सकारात्मक र स्मार्ट टोली सदस्य हुनुपर्ने तथा मित्रवत् स्वभाव भएको हुनुपर्ने सूचनामा उल्लेख छ।

भर्ना प्रक्रियामा मे २४ र २५, २०२६ मा प्रि-इन्टरभ्यु र मे २८, २०२६ मा फाइनल इन्टरभ्यु हुने बताइएको छ। अन्तर्वार्ता कम्पनी प्रतिनिधिको उपस्थितिमा हुने उल्लेख छ।

सूचनामा वैदेशिक रोजगारीमा जानुअघि LT विवरण जाँच्न, कम्पनीको अवस्था बुझ्न र बिचौलियालाई पैसा नदिन आग्रह गरिएको छ। त्यस्तै, भिसा आफ्नै नाममा जारी भएको पुष्टि गर्न, सम्झौता राम्रोसँग पढेर मात्रै हस्ताक्षर गर्न र प्रस्थानअघि आवश्यक जानकारी लिँदै जान सुझाव दिइएको छ।

यो अवसर मलेसिया जान चाहने नेपाली युवाका लागि आकर्षक देखिएको छ, विशेषगरी शून्य रुपैयाँ सेवा शुल्क, फ्री टिकट, फ्री मेडिकल, फूड र अकमोडेशन जस्ता सुविधा भएकाले। तर आवेदन अघि सबै कागजात, कम्पनी विवरण र करार शर्त राम्ररी बुझेर मात्रै प्रक्रिया अघि बढाउन उचित हुने देखिन्छ।

Article Image of job Malaysia Zero-Cost Recruitment Drive Opens 200 Jobs for Nepali Workers at Wistron Technology