चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो १० महिना ९साउन–वैशाख० मा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ । तर, निर्यातको तुलनामा आयातको वृद्धिदर उच्च हुँदा मुलुकको व्यापार घाटा पनि करिब १५ प्रतिशतले बढेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको १० महिनाको तथ्याङ्कअनुसार यस अवधिमा नेपालको कुल वैदेशिक व्यापार १४।७५ प्रतिशतले बढेर १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८१र८२ को सोही अवधिमा कुल व्यापार १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ बराबरको थियो । तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिनामा १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १४।८२ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा १४ खर्ब ७४ अर्ब १८ करोडको आयात भएको थियो ।
त्यसैगरी, निर्याततर्फ पनि सुधार देखिएको छ । यस अवधिमा निर्यात १४।२५ प्रतिशतले वृद्धि भई २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा २ खर्ब १७ अर्ब ९१ करोडको निर्यात भएको थियो। यद्यपि, आयातको तुलनामा निर्यातको आयतन अत्यन्तै न्यून रहेको तथ्याङ्कले देखाउँछ । आयातमा भएको उच्च वृद्धिका कारण मुलुकको व्यापार घाटा १४।९२ प्रतिशतले बढेर १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको १० महिनामा यस्तो घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ थियो ।
तथ्याङ्कअनुसार नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७।१८ प्रतिशत पुगेको छ भने निर्यातको हिस्सा घटेर १२।८२ प्रतिशतमा सीमित भएको छ । गत वर्ष निर्यातको हिस्सा १२।८८ प्रतिशत थियो । यस अवधिमा आयात–निर्यात अनुपात ६।८० पुगेको छ । यसको अर्थ नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ८० पैसा बराबरको वस्तु आयात