एआईका कारण विश्वभर ४० प्रतिशत रोजगारी गुम्ने राष्ट्र सङ्घको चेतावनी

एआईका कारण रोजगारी गुम्ने

आप्रवासन आप्रवासन

संयुक्त राष्ट्र सङ्घले आर्टिफिसियल इन्टेलिजेन्स–एआईका कारण विश्वमा ठुलो सङ्ख्यामा रोजगार कटौती हुन सक्ने चेतावनी दिएको छ ।

राष्ट्र सङ्घीय व्यापार र विकास एजेन्सी यूएनसीटीएडीले एक प्रतिवेदन जारी गर्दै एआईका कारण विश्वभर ४० प्रतिशत रोजगारी गुम्ने देखिएको भनेको हो । सन् २०३३ सम्ममा एआईको विश्वव्यापी बजार ४ दशमलव ८ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ ।

अर्थात्, सन् २०३३ सम्ममा विश्वको तेस्रो ठुलो अर्थतन्त्र भएको जर्मनीको भन्दा ठुलो बजार एआईको हुने छ । एआईको असर कम विकसित वा विकाससिल देशहरुको दाँजोमा विकसित देशमा बढी पर्ने समेत आँकलन छ ।

यद्यपि, एआईले अर्थतन्त्रहरू परिवर्तन गर्दै विशाल अवसरहरू सिर्जना गर्ने प्रक्षेपण छ । तर नयाँ आउने त्यस्ता अवसरहरुमा समेत संसारका निश्चित केही मानिसको अधीन हुने सम्भावना रहेको औँल्याइएको छ ।

त्यसले विद्यमान असमानतालाई गहिरो बनाउने जोखिम रहेको बताइएको छ । यसले गर्दा देशहरूले प्रविधिमा लगानी बढाउँदा त्यसको असर न्यूनीकरणमा समेत ध्यान दिन जरुरी रहेको बताइएको छ ।