भिजिट भिसामा हुने ठगी र मानव तस्करी नियन्त्रणबारे प्रधानमन्त्रीको जवाफ

आप्रवासन आप्रवासन

प्रधानमन्त्री बालेन शाह आइतबार प्रतिनिधिसभामा आकस्मिक रुपमा सांसदहरुको प्रश्नको जवाफ दिएका छन्।


प्रश्न सोध्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सांसद खुश्बु ओलीले भिजिट भिसामा हुने ठगी र मानव तस्करी नियन्त्रणबारे सरकारको ध्यान आकर्षक गराउनु भएको छ ।


'भिजिट भिसाको नाममा खाडी मुलुक पुर्‍याएर नेपालीको श्रम शोषण र मानव तस्करी भइरहेको छ, यसलाई रोक्न सरकारको ठोस योजना के छरु वैदेशिक रोजगारीमा घरेलु श्रममा लगाइएको प्रतिबन्धबारे के सोच्दै हुनुहुन्छ ? अर्को कुरा, विद्युतीय चुलो र स्कुटर प्रयोग गर भनिएको छ, तर बिजुलीमा ५ प्रतिशत भ्याट थपेर मध्यम वर्गलाई किन मारमा पारिएकोरु उर्जा खपत बढ्दा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ भनिन्छ, तर सरकारले किन महँगो बनाएको ?' प्रश्न प्रधानमन्त्रीलाई राखेका छन्।


उक्त प्रश्नहरुको जवाफमा प्रधानमन्त्री बालेन शाहले 'भिजिट भिसाको दुरुपयोग रोक्न एयरपोर्ट र मन्त्रालयहरूलाई कडा निर्देशन दिइएको छ। भिजिट भिसामा गएर उतै काम पाएमा 'वर्किङ भिसा' मा कन्भर्ट गर्ने वैकल्पिक उपायबारे श्रम मन्त्रालयले काम गरिरहेको छ। बिजुलीको हकमा, हामी तुरुन्तै पूर्ण विद्युतीय युगमा जान सक्ने अवस्थामा छैनौँ। यदि सबैले एकैपटक इन्डक्सन बाले भने ट्रान्सफर्मर र सब–स्टेसनहरूले धान्दैनन्, पड्किन्छन्। ५० युनिटभन्दा माथि ५ प्रतिशत भ्याट भनेको १०० रुपैयाँमा ५ रुपैयाँ मात्रै हो। यो पैसाले ट्रान्सफर्मर अपग्रेड गर्ने र ट्रान्समिसन लाइन बलियो बनाउने काम हुन्छ, अनि मात्र हामी साच्चै विद्युतीय युगमा जान सक्छौँ।''