वैदेशिक रोजगारीको नाममा विभिन्न देश पठाइदिन्छु भन्दै बेरोजगार युवायुवतीहरूबाट ४५ लाख ठगी गर्ने चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलभको प्रलोभनमा पारी यु.के,अमेरिका,यु.ए.ई र सर्विया पठाइदिन्छु भन्दै रकम असुलेर सम्र्पक विहिन भएका उनीहरूलाई काठमाडौँ उपत्यका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार, पक्राउ परेका व्यक्तिहरूले युवायुवतीलाई विदेश पठाउने भन्दै लामो समयसम्म झुलाएर राखेको र पछि रकम हात पारी सम्पर्कविहीन हुने गरेका थिए। पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट यहि ज्येष्ठ १३ गते पक्राउ गरिएको हो।
यस्तो छ पक्राउ पर्ने व्यक्ति र ठगीको विवरण
१. यु.के पठाइदिन्छु भन्दै १९ लाख ठगी ः यु।के पठाइन्छिु भन्दै १ व्यक्तिबाट १९ लाख ठगी गरेको आरोपमा जिल्ला काठमाडौँ टोखा नगरपालिका वडा नम्बर ४ निवासी हाल जल्ला काठमाडौँ टोखा नगरपालिका वडा नम्बर ४ मै बसोबास गर्दै आएका १ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ७९ वर्षीय लोकबहादुर श्रेष्ठ रहेका छन् । उनीलाई यही ज्येष्ठ १२ गते पक्राउ गरी सार्वजनिक गरिएको हो ।
२. अमेरिका पठाउँछु भन्दै १० लाख ठगी ः अमेरिका पठाउँछु भन्दै १ व्यक्तिबाट दश लाख ठगी गरेको आरोपमा जिल्ला काठमाडौँ टोखा नगरपालिका वडा नम्बर ३ निवासी हाल जिल्ला काठमाडौँ टोखा नगरपालिका वडा नम्बर ३ मा बसोबास गर्दै आएका १ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४१ वर्षीय तुलसा पुन मगर रहेकी छन् । उनीलाई यही ज्येष्ठ १२ गते नियन्त्रणमा लिइएको हो ।
३. यु.ए.ई पठाउँछु भन्दै १० लाख ठगी ः यु।ए।ई पठाउँछु भन्दै १ व्यक्तिबाट दश लाख ठगी गरेको आरोपमा जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नम्बर ७ निवासी हाल जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर २९ मा बसोबास गर्दै आएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४८ वर्षीय कृष्ण प्रसाद पोखरेल रहेका छन् । उनीलाई जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर १० बाट प्रहरीले पक्राउ गरी यही वैशाख १२ गते नियन्त्रणमा लिइएको हो ।
४. सर्विया पठाउँछु भन्दै ६ लाख ठगी ः सर्विया पठाउँछु भन्दै १ व्यक्तिबाट छ लाख ठगी गरेको आरोपमा जिल्ला काठमाडौँ चन्द्र गिरी नगरपालिका वडा नम्बर ११ निवासी हाल जिल्ला काठमाडौँ चन्द्र गिरी नगरपालिका वडा नम्बर ११मा नै बसोबास गदै आएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा २९ वर्षीय प्रबिन श्रेष्ठ रहेका छन् । उनीलाई यही ज्येष्ठ १३ गते प्रहरीले पक्राउ गरी सार्वजनिक गरिएको हो ।

थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइयो
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
पछिल्लो समय वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटनाहरू बढ्दै गएको भन्दै प्रहरीले अपरिचित व्यक्ति वा आधिकारिक दर्ता नभएका संस्थालाई रकम नबुझाउन र सचेत रहन सर्वसाधारणलाई आग्रह समेत गर्दै आइरहेको छ ।