भारतमा श्रम शोषण र सञ्जालीय ठगीमा फसेका ४५३ नेपालीको उद्धार

आप्रवासन आप्रवासन

भारतस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभनमा पारी भारतीय सीमावर्ती क्षेत्रमा नेपाली नागरिकहरूको श्रम शोषण तथा ठगी भइरहेको सम्बन्धमा प्राप्त सूचनाका आधारमा भारतस्थित नेपाली राज दूतावासले उत्तर प्रदेश प्रहरी लगायत भारत सरकारका सम्बन्धित निकाय तथा गैर सरकारी संस्था “किम इन्डिया सँगको समन्वयमा उद्धार कार्य सम्पन्न गरेको बताएका छन् ।  

यस्तै उत्तर प्रदेशको कुशीनगर जिल्लाका विभिन्न स्थानमा गरिएको प्रहरी कारबाहीबाट सञ्जालीय ठगीमा फसेमा ११५ महिला र ३३८ पुरुष गरी जम्मा ४५३ नेपाली नागरिकको यही २०८३ साल जेठ १६ गते उद्धार गरी जिल्ला प्रहरी कार्यालय, रुपन्देहीलाई हस्तान्तरण गरिएको छ । 


जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले उद्धार गरिएका व्यक्तिहरूमध्ये ६ जना महिलासहित १९ जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अगि बढाएको छ । 
यस उद्धार कार्यका लागि आवश्यक सहयोग र समन्वय प्रदान गर्नुहुने उत्तर प्रदेश सरकार, उत्तर प्रदेश प्रहरी, नेपाल प्रहरी, किम इन्डिया तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सम्पूर्ण निकायहरूप्रति नेपाली राजदूतावासले हार्दिक आभार तथा धन्यवाद प्रकट गरेको छ । 


साथै नेपाल सरकार तथा भारतस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपाली नगरीकहरुको सुरक्षा र संरक्षणप्रति प्रतिबद्ध रहेको जानकारी गराउँदै वैदेशिक रोजगार तथा अन्य विभिन्न प्रकारका प्रलोभनका नाममा गरिने प्रस्तावप्रति सचेत रहन सम्पूर्ण नेपाली नागरिकहरूलाई समेत अनुरोध गरेको छ ।