१७ वर्षदेखि थन्किएका ४० हजार वैदेशिक रोजगार ठगीका फाइल खोज्दै सरकार

आप्रवासन आप्रवासन

२०६४ सालदेखि हालसम्म वैदेशिक रोजगार सम्बन्धी चालिस हजार भन्दा बढी चाङभित्र थन्किएर रहेका मुद्धालाई अभिलेखीकरण गर्ने कार्य तीव्र रूपमा अगि बढाइएको छ । ती मध्ये हालसम्म  १० हजार १ सय २८ मुद्धा डिजिटल प्रणालीमा अभिलेखित भैसकेका छन् । 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार लामो समयदेखि फाइलका चाङमा रहेका ती मुद्दाहरूलाई व्यवस्थित रूपमा खोज्ने, मिलाउने, स्क्यान गर्ने तथा विद्युतीय प्रणालीमा सुरक्षित राख्ने काम भइरहेको छ।

त्यस्तै मन्त्रालयले डिजिटल अभिलेखीकरणले अनुसन्धान प्रक्रिया छिटो हुने, पीडितलाई न्याय प्राप्तिमा सहजता आउने तथा प्रशासनिक पारदर्शिता बढ्ने विश्वास व्यक्त समेत गरेको छ। बाँकी मुद्दाहरू पनि क्रमशः डिजिटल प्रणालीमा ल्याइने मन्त्रालयले जनाएको छ।