यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए

आप्रवासन आप्रवासन

 

पर्यटक भिसामा युएई जानेहरूको पासपोर्टमा ‘सर्त’ उल्लेख गरेर मात्रै प्रस्थान अनुमति दिएको घटनामा अध्यागमन विभागले छानबिन पुरा गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरूले यात्रुको राहदानीमा ‘नट फर वर्क, ओन्ली भिजिट’ र ‘युएई भ्रमण मात्र, रोजगारी पूर्ण रूपमा निषेधित छ’ भनेर सर्त उल्लेख गरेका थिए । सो घटना सार्वजनिक भएपछि चर्को आलोचना भएको थियो ।

छानबिन गर्दा विमानस्थल अध्यागमन कार्यालयका दुईजना अधिकृतले यात्रुको राहदानीमा त्यस्तो सर्त लेख्ने गरेको भेटिएको छ । अधिकृतद्ववय टोपबहादुर खत्री र विमल पौडेलले कानुन भन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने गरेको भेटिएको अध्यागमन विभागका निर्देशक (प्रवक्ता) टीकाराम ढकालले  बताए ।