"वैदेशिक रोजगारीको प्रलोभन देखाई २० लाखभन्दा बढी ठगी गर्ने तीन जना पक्राउ"

आप्रवासन आप्रवासन

 वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै बेरोजगार युवायुवतीहरूबाट २० लाख ५६ हजार ठगी गर्ने तिन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलभको प्रलोभन देखाएर बुल्गेरीया, आइसल्यान्ड र सर्बिया पठाइदिन्छु भन्दै रकम असुलेर सम्र्पकविहिन भएका उनीहरूलाई काठमाडौँ उपत्यका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको हो । 

यस्तो छ पक्राउ पर्ने व्यक्ति र ठगीको विवरण 

१. बुल्गेरीया पठाइदिन्छु भन्दै ३ लाख ठगी ः बुल्गेरीया पठाइन्छिु भन्दै १ व्यक्तिबाट ३ लाख ठगी गरेको आरोपमा जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नम्बर १० निवासी हाल जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर १३ मा बस्दै आएका १ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३७ वर्षीय रवीन्द्र खत्री रहेका छन् । उनीलाई जिल्ला ललितपुर महानगरपालिका पुलचोक बाट यही जेठ २२ गते प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको हो । 

२. आइसल्यान्ड पठाउँछु भन्दै सोह्र लाख ठगी ः आइसल्यान्ड पठाउँछु भन्दै ४ व्यक्तिबाट ११ लाख ५६ हजार ठगी गरेको आरोपमा जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नम्बर १०  निवासी हाल जिल्ला काठमाडौँ टोखा नगरपालिका टोखामा बसोबास गर्दै आएका १ व्यक्ति पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा ४२  वर्षीय नीरज गुरुङ रहेका छन् । उनीलाई जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर २६ बाट यही जेठ २२ गते प्रहरीले नियन्त्रणमा लिएको हो । 

३.सर्बिया पठाउँछु भन्दै ६ लाख ठगी ः सर्बिया पठाउँछु भन्दै ४ व्यक्तिबाट ६ लाख ठगी गरेको आरोपमा जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा नम्बर १० निवासी हाल जिल्ला भक्तपुर सुर्यविनायक नगरपालिका नगरपालिका वडा नम्बर २ मा बसोबास गर्दै आएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४७ वर्षीय रिन्कु कुमारी रैनिहार रहेकी छन् । उनीलाई जिल्ला भक्तपुर सुर्यविनायक नगरपालिका वडा नम्बर २ बाट  यही जेठ २३ नियन्त्रणमा लिई सार्वजनिक गरेको हो ।  । 

719034686_1012073531325606_4174543602376152436_n

थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइयो

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका, प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्री अनुसार पक्राउ परेका  तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

पछिल्लो समय वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटनाहरू बढ्दै गएको भन्दै प्रहरीले अपरिचित व्यक्ति वा आधिकारिक दर्ता नभएका संस्थालाई रकम नबुझाउन र सचेत रहन सर्वसाधारणलाई आग्रह समेत गर्दै आइरहेको छ ।