आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका सदस्य आर्यन राईले वैदेशिक रोजगारीका लागि इजरायल जाने तयारी गरिरहेका नेपाली कामदारको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले हाल इजरायलमा युद्धको अवस्था कायम रहेकै बेला सरकारले करिब २,३०० नेपाली कामदार पठाउने प्रक्रिया अघि बढाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । यस्तो परिस्थितिमा नेपाली श्रमिकलाई जोखिमपूर्ण गन्तव्यमा पठाउनु दुःखदायी भएको उनको जनाएका छन् ।
सदस्य राईले नेपाली श्रमिकलाई “बाँचे गरी खा, मरे मरी जा” भन्ने अवस्थासम्म पुर्याइएको आरोप लगाउँदै श्रमिकको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
त्यसै गरी, उनले सीआईआईएन मार्फत लिइएको परीक्षामा परीक्षार्थीहरूले विभिन्न समस्या भोग्नुपरेको बताएका छन्। सर्वर डाउनलगायत प्राविधिक समस्याका कारण धेरै विद्यार्थीहरू पुनः परीक्षा दिन बाध्य भएको र त्यसका लागि दोब्बर दस्तुर तिन बाध्य रहेको समेत उल्लेख गरेका छन्।
साथै राईले आन्दोलनमा सहभागी भएको आरोपमा दुई जनालाई कालीमाटी प्रहरी चौकी मा थुनामा राखिएको विषय पनि संसदमा उठाउँदै त्यसबारे सरकारले सत्य तथ्य छानविन गरोस भनी माग समेत गरेका छन् ।