वैदेशिक रोजगार बोर्डले डिजिटल सूचना तथा स्रोत केन्द्र स्थापना गर्ने

आप्रवासन आप्रवासन

 

वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले डिजिटल सूचना तथा स्रोत केन्द्र स्थापना गर्ने भएको छ ।

श्रम, आप्रवासन र वैदेशिक रोजगारीका विविध आयामहरूसँग सम्बन्धित छरिएर रहेका सूचना, ज्ञान, अनुसन्धान र जनचेतनामूलक सामग्रीहरूलाई एउटै स्थानबाट अध्ययन, उपयोग र पहुँचयोग्य बनाउन बोर्डले यो पहल सुरु गरेको हो।

वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यका साथ बोर्डले नयाँ पहल सुरु गरेको हो। हाल छरिएर रहेका सूचना, ज्ञान, अनुसन्धान र जनचेतनामूलक सामग्रीलाई एकीकृत गरी सबैको पहुँचयोग्य बनाउन यो केन्द्र स्थापना गर्न लागिएको बोर्ड सचिवालयले जनाएको छ।

केन्द्र स्थापनाको प्रयोजनका लागि बोर्डले विभिन्न सङ्घसंस्थालाई आफूले हालसम्म उत्पादन, प्रकाशन तथा प्रसारण गरेका श्रम, सुरक्षित आप्रवासन र वैदेशिक रोजगारीसँग सम्बन्धित सामग्री डिजिटल प्रति निःशुल्क उपलब्ध गराउन अनुरोध गरेको छ।

बोर्डले भिडियो, वृत्तचित्र, र सूचना तथा जानकारीमूलक भिडियो क्लिप, रेडियो जिङ्गल, पोडकास्ट, रेडियो नाटक र चेतनामूलक अडियो सन्देश तथा अध्ययन प्रतिवेदन, अनुसन्धानमूलक लेख, म्यानुअल र ब्रोसर उपलब्ध गराउन अनुरोध गरेको हो।

bn_rszPoFnHyY