नयाँ सरकार गठन भएसँगै वैदेशिक रोजगार बोर्डको सचिवालय अन्तर्गत सञ्चालित श्रमाधान कल सेन्टरमा २१३ वटा रिपोर्ट दर्ता भएका छन्।
वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार हालसम्म प्राप्त भएको रिपोर्टमध्ये १३ वटा गुनासा सम्बन्धित निकायमा पठाइएको छ भने ६३ वटा जानकारीमूलक फोन कल र ८७ वटा फलोअप कल दर्ता भएका छन्।
श्रम तथा रोजगारसँग सम्बन्धित जानकारी, गुनासा तथा परामर्श सेवा प्रदान गर्दै आएको श्रमाधान कल सेन्टर २४सै घण्टा सञ्चालनमा रहेको सचिवालयले जनाएको छ। श्रमिक तथा सर्वसाधारणले वैदेशिक रोजगार तथा श्रम क्षेत्रसँग सम्बन्धित जानकारी प्राप्त गर्न तथा आफ्ना समस्या र गुनासा राख्न कल सेन्टरमा सम्पर्क गर्न सकिने भएको छ ।
बबरमहल, काठमाडौँस्थित वैदेशिक रोजगार बोर्डको सचिवालयले थप जानकारीका लागि ०१–५३२०३११ र ०१–५३२०४३३ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। ईमेेलः- [email protected], [email protected], [email protected] र फ्याक्स नम्बर ०१–५३२०५४३ समेत उपलब्ध गराइएको छ ।
त्यस्तै श्रमधान कल सेन्टरमा सम्पर्कका लागि नम्बर १६६००१५०००५ र सिधै ११४१ उपलब्ध छ। त्यसैगरी इमो तथा भाइवरमार्फत ं९७७–९८५१३४७२२२ नम्बरमा पनि सम्पर्क गर्न सकिने व्यवस्था लागु गरिएको छ।