राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

आप्रवासन आप्रवासन

 

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।

राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको आयोगका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

विभागको ३०१ नम्बर कोठाबाट उनलाई नियन्त्रणमा लिएको सुरक्षा स्रोतले पुष्टि गरेको छ ।