बैशाख महिनामाको तुलनामा जेठ महिनामा थोरै नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
विभागका अनुसार जेठ महिनामा ६१ हजार ७२ नेपालीले मात्र श्रम स्वकृति लिएका छन्। यस अगि बैशाख महिनामा ७४ हजार ४ सयभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका थिए ।
विभागले सावर्जनिक गरेको विवरण अनुसनार सीपगत वर्गीकरणका आधारका हेर्ने हो भने दक्ष श्रेणी अन्तरर्गत सबैभन्दा बढी ३७,३९१ जना श्रमिकले श्रम स्वीकृति प्राप्त गरेका छन्, जुन कुल स्वीकृतिको सबैभन्दा ठूलो हिस्सा हो। त्यसैगरी अदक्ष श्रेणीमा १४,९९४ जना तथा अर्धदक्ष श्रेणीमा ८,३२८ जना श्रमिकले श्रम स्वीकृति प्राप्त गरेका छन्।
यस्तै उच्च सीप आवश्यक पर्ने व्यावसायिक तथा उच्च दक्ष श्रेणीमा क्रमशः २९६ जना र ६३ जना श्रमिकले मात्र श्रम स्वीकृति प्राप्त गरेका छन्। यसबाट वैदेशिक रोजगारीमा जाने अधिकांश श्रमिकहरू दक्ष, अर्धदक्ष तथा अदक्ष श्रेणीमा केन्द्रित रहेका छन्।
साथै लैङ्गिक आधारमा विश्लेषण गर्दा पुरुष श्रमिकको संख्या महिला श्रमिकको तुलनामा उल्लेखनीय रूपमा बढी रहेको छ। विशेषगरी दक्ष, अर्धदक्ष तथा अदक्ष श्रेणीमा पुरुषको सहभागिता भने बढी रहेको वैदेशिक रोजगार विभागको विवरणमा उल्लेख गरिएको छ
साथै बैशाखको तुलनामा हेर्ने हो भनै जेठ महिनामा श्रम स्वीकृति लिनेको संख्यामा कमि आएको छ । जेठको तुलनामा बैशाखमा १३ हजार ३ सय भन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।