साउदीमा घुम्ती शिविर

साउदीको जुबेलमा पासपोर्ट नवीकरणका लागि घुम्ती शिविर हुने

आप्रवासन आप्रवासन

साउदीको जुबेलमा नेपाली लक्षित पासपोर्ट नवीकरण लगायत सेवाका लागि घुम्ती शिविर हुने भएको छ । रियादस्थित नेपाली दूतावासबाट टाढा रहेका नेपाली लक्षित कन्सुलर सेवाका लागि मे ९ र १० तारिखमा घुम्ती शिविर हुन लागेको हो ।

शिविरमा पासपोर्ट नवीकरण, बहिर्गमन भिसाको लागि फारम भर्ने कार्यसँगै श्रमिक सचेतना सञ्चालन हुने दूतावासद्वारा जारी सूचनामा भनिएको छ ।

सेवा लिनका लागि अनलाइन भरेको प्रि इनरोलमेन्ट बार कोडयुक्त फारमसँगै हालको सक्कल पासपोर्ट, पासपोर्टमा फोटो भएको पेजको फोटोकपी र नागरिकताको फोटोकपी अनिवार्य गरिएको छ । सेवाका लागि पासपोर्ट दस्तुर २ सय साउदी रियाल र पासपोर्ट हराएको, च्यातिएको, बिग्रेको भए ३ सय साउदी रियाल शुल्क लाग्ने छ । 

 

पासपोर्ट नवीकरणका लागि अनलाईन फारम भर्न समस्या भएमा दूतावासका सम्पर्क व्यक्तिसँग सहयोग माग्न पनि सूचनामा भनिएको छ । 

 

सम्पर्क व्यक्ति :

रबिना अर्याल ०५४४२३५०३५

तेज बहादुर थापा ०५०४४३८३७७

शुक्र मुक्तान ०५५०७४८१५४

विष्णु प्रसाद भण्डारी ०५३९४८०१२