अमेरिकाबाट निष्कासित आप्रवासी

सन् २०२५ यता ६५ हजार आप्रवासी अमेरिकाबाट निष्कासित

आप्रवासन आप्रवासन

सन् २०२५ का पहिलो चार महिनामै अमेरिकाले ६५ हजार बढी आप्रवासीहरूलाई निष्कासन गरेको छ । अमेरिकाको सङ्घीय निकाय इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट, आईसका अनुसार गत जनवरीदेखि अप्रिलसम्ममा ६५ हजार ६८२ आप्रवासी देश निकालामा परेका हुन् ।  उनीहरूलाई अवैध बसोबास गरेको, आपराधिक गतिविधिमा संलग्न पाइएको र अदालतबाट देश निकालाको आदेश पाएकाले निष्कासन गरिएको आइसले जनाएको हो ।

यसबाहेक, आप्रवासीलाई जागिर दिने व्यवसाय सञ्चालकहरुलाई समेत पक्राउ र जरिवाना गरिएको आइसले उल्लेख गरेको छ । त्यस्ता व्यवसायीलाई १० लाख अमेरिकी डलर जरिवाना तिराइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासीप्रतिको कठोर नीतिका कारण अमेरिकामा आप्रवासीहरू पक्राउ र देश निकालामा पर्ने क्रम तीव्र भएको छ ।

अमेरिकामा १ करोड १० लाख अवैध हैसियतमा आप्रवासी रहेको अनुमान छ । जसमध्ये १४ लाख ४५ हजार आप्रवासीलाई निष्कासित गर्ने भनेर उनीहरूको राष्ट्रियता सार्वजनिक गरिसकेको छ । सो सूचीमा १ हजार ३६५ नेपाली समेत छन् ।