संसारकै लामो रेल

कस्तो‍ होला विश्वकै सबैभन्दा लामो रेल यात्रा

आप्रवासन आप्रवासन

यदि तपाईंलाई कसैले भन्यो कि तपाईं रेल चढेर युरोपबाट एसिया पार गर्दै सिंगापुर पुग्न सक्नुहुन्छ । यसको लागि रेलमै करिब १९ हजार किलोमिटर लामो यात्रा गर्नुपर्छ भन्यो भने तपाईको रियाक्सन के हुन्छ ?

पोर्चुगलको लागोसबाट सुरु भएर सिंगापुरको राजधानीसम्म पुग्ने यो रेल यात्रा संसारकै सबैभन्दा लामो रेल यात्रा मानिएको छ । यसअघि यो रेकर्ड लण्डनबाट रुस पुग्ने रेल यात्रालाई राखेको थियो । पोर्चुगल टु सिंगापुरसम्मको रेल यात्रा विभिन्न देशका दर्जनौँ रेलमार्गहरू जोडेर तयार पारिएको हो ।

यो रेल यात्रा २१ दिनसम्म लामो हुनसक्छ, जसमा यात्रुले कम्तीमा १० देशहरू पार गर्नुपर्ने हुन्छ । ती देशहरूमा पोर्चुगल, स्पेन, फ्रान्स, जर्मनी, पोल्याण्ड, रूस, जापा, चीन, थाइल्यान्ड, मलेसिया र अन्ततः सिंगापुर पर्छन् ।

यो यात्रा एकैवटा सिधा ट्रेनबाट सम्भव छैन । त्यसैले विभिन्न चरणमा ट्रेन परिवर्तन गर्नुपर्ने हुन्छ, जुन कुराले यसलाई चुनौतीपूर्ण त बनाउँछ । तर पछिल्ला वर्षहरूमा चीन लाओस रेलवे जस्ता नयाँ रेलमार्गहरू खुलेसँगै यस यात्रा अझ सहज हुन थालेको छ।

यो रेल यात्रा तय गर्न एकतर्फी मुल्य १३ सय अमेरिकी डलर छ । हरेक रात ट्रेन एउटा स्टेशन छुट्याएर बास बस्छ । यात्रुहरुले प्रत्येक दिन नयाँ परिवेशमा रात विताउन पाउने हुँदा यात्रा निकै रोचक बन्छ ।

यात्रा उत्साहीहरूका लागि यो जीवनमै एकपटक गर्ने सपना बनेको छ ।  भिसा, टिकट समायोजन, भाषाको अवरोध र समय तालिका मिलाउने झन्झट हुँदाहुँदै पनि यस्ता लामो यात्रा गरेर यूट्युब भिडियो बनाउने, ब्लग लेख्ने र अनुभव बाँड्नेहरू बढिरहेका छन् । त्यसैले यो केवल लोमो दूरीको यात्रा  मात्र होइन, यो अनुभवको यात्रा समेत हो, जसले यात्रुलाई देशहरू पार गर्दै विश्व बुझ्ने अवसर दिन्छ ।