युवालाई रोजगारीसँग प्रत्यक्ष जोड्न श्रम मन्त्रालय र निजी क्षेत्रबीच छलफल

आप्रवासन आप्रवासन

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवज्यूको अध्यक्षतामा आज माननीय विदुषी राणा, अनुष्का श्रेष्ठ तथा निजी क्षेत्रका प्रतिनिधिहरू—उद्योग वाणिज्य महासङ्घ, चेम्बर अफ कमर्श लगायत विभिन्न सङ्घ–सङ्गठनका पदाधिकारीसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

छलफलका क्रममा Workplace-Based Training र Apprenticeship Program मार्फत उद्योगलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने, युवालाई रोजगारीसँग प्रत्यक्ष जोड्ने, श्रम बजारको आवश्यकता अनुरूप सीप विकास गर्ने तथा रोजगार सिर्जनामा निजी क्षेत्रको सक्रिय सहभागिता बढाउने विषयमा विस्तृत छलफल भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा युवा मन्त्री रामजी यादवले आन्तरिक रोजगारी प्रवर्द्धनको दशक अभियानलाई सफल बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी, परिणाममुखी र दिगो बनाउने दिशामा मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ ।

साथै यस छलफलबाट युवाका लागि रोजगारीका अवसर विस्तार, उद्योगलाई आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउने र मुलुकको रोजगारी प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको समेत उहाँले बताउनु भएको छ।